अवैध लागूऔषध सहित पक्राउ



मकवानपुर, राक्सिराङ गाउँपालिका १ सानोभाबर बस्ने २२ वर्षीय अर्पण घलानलाई ५ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका-९ जयसिङस्थित सडकमा ना.२ ह ६०५१ नम्बरको अटो जाँच गर्ने क्रममा चालक घलानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics