चितुवाको जस्तो देखिने छाला र हड्डी सहित पक्राउ

चितुवाको जस्तो देखिने छाला र हड्डी सहित प्रहरीले एकजनालाई पक्राउ गरेके छ ।बुङगल नगरपालिका-११ कमलपुर खौराधार बस्ने ३३ वर्षीय प्रेम बहादुर बोहरालाई चितुवाको जस्तो देखिने छाला र हड्डी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र खटिएको प्रहरीले बोहराको घर तालसी गर्दा अन्दाजी ८ फिट २ ईन्च लम्बाई र २६ ईन्च चौडाई भएको छाला तथा हड्डी सहित पक्राउ गरेको छ । अन्दाजी साढे ३ केजी फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics