यी हुन् वातावरण सम्बन्धी उत्कृष्ट तस्बिरहरु

प्रथम भएकाे तस्बिर


वातावरण  अध्ययनरत विद्यार्थीले वातावरण दिवसको अवसरमा मध्यनजर गदैँ फोटो प्रतियोगिता र वेभिनार  आयोजना गरेका छन्।

त्रिभुवन विश्वबिध्यालय केन्द्रीय वातावरण विभागको भूतपुर्व बिद्यार्थीहरुको संगठनको आयोजनामो अवसरमा वेभिनार र फोटो प्रतियोगीता सम्पन्न गरेका हुन ।

द्वितीय भएकाे तस्बिर


बिद्यार्थीहरुका लागि सिमित राखिएको सो प्रतियोगितामा जीवन राई प्रथम, रेगन सापकोटा दितीय र बिनोद पराजुलि तृतीय स्थानमा बिजेता बनेका छन् ।

तृतीय भएकाे तस्बिर


त्यस्तै, फेसबुकमा बडी लाइको आधारमा पब्लिक रोजाईको विधा भने भूमिका थापाले जितेकी छिन ।

पब्लिक च्वाइसमा उत्कृष्ट तस्बिर


उक्त प्रतियोगितामा ७५ जनाको सहभागि थिए । देश भित्र वातावारण अध्ध्यन  गर्दै गरेका वा गरिसकेका विद्यार्थी प्रतियोगितामा सहभागि थिए।


यस्तै वेबिनारमा, जैविक विविधता क्षेत्रमा काम गर्दै आएका बिनोद श्रेष्ठ (राष्ट्रिय प्रकृति संरक्षण कोष), बद्रि बराल (नेपाल वातावरण अनुसन्धान संस्थान) र रेशु बस्याल (ग्रिनहुड नेपाल)ले कोभिड–१९ महामारीका बेला वन्यजन्तु संरक्षणमा परिरहेको वा पर्न सक्ने सकारात्मकरनकारात्मक प्रभावका बारेमा धारणा राखेका थिए। सोको सहजीकरण मनोज न्यौपानेले गरेका थिए।

भूतपूर्व विद्यार्थी अञ्जु पोखरेलले सञ्चालन गरेको बेबिनारमा बरिष्ठ वातावरण प्रा.डा.मदन कोइरालाको पनि उपस्थिति रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूको संगठन सिडिइएस अलुमनीका अध्यक्ष केशव जोशीले जानकारी दिए। प्रा. डा. कोइरालाले आफ्ना बिद्यार्थीहरुको सक्रियता देखेर खुसि लागेको उल्लेख गरे।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics