गैंडा मारेर खाग बिक्री गरेका तीन फरार प्रतिवादी पक्राउ



चितवनमा गैंडा मारेर खाग बिक्री गरेको मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तीन फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–५ का ३१ वर्षीय राजेन्द्र क्षेत्री भनिने पुरन रेउले, काभ्रेको मण्डन देउपुर नगरपालिका–१० घर भएका ४८ वर्षीय आशिष लामा भनिने आइत तामाङ र रसुवाको नौकुण्ड–३ घर भएका ३६ वर्षीय ज्वाला भनिने ज्ञानबहादुर रुम्बा रहेका छन् ।

उनीहरुमध्ये रेउलेलाई काठमाडौंको धापासीबाट र अन्य दुईजनालाई सीतापाइलाबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको अभियोगमा उनीहरुमथि अनुसन्धान भइरहेको थियो ।

उनीहरुको साथबाट ना २ च १४५८ नम्बरको टोयोटा कम्पनीको गाडी र हतकडीको चाबीसमेत बरामद गरिएको केन्द्र अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । बरामद सामानसहित उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics