नेपालमा गैंडाको संख्या ७५२ पुग्यो

नेपालमा गैंडाको संख्या ६ वर्षको अवधिमा  १०७ ले बढेर ७५२ पुगेको छ । चार राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रहरूमा १८ दिन लगाएर गरिएको गणनामा गैंडाको संख्या ७५२ पाइएको हो ।

१९५० को दशकमा नेपालमा ८०० गैंडा थिए । तर १९६० को दशकमा घटेर करीव एक सय हाराहारीमा आइपुगेको थियो । संरक्षणका लागि गरेको पहलसँग गैंडाको संख्या क्रमशः बढ्यो र २०१५ मा गरिएको गणनामा गैंडाको संख्या ६४५ पाइएको थियो ।

शनिबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित पत्रकार सम्मेलनमा वन तथा बातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले गैंडाको संख्या अझ बढेको जानकारी दिएका हुन ।

एक सिङ्गे गैंडाको संख्या सबभन्दा बढी चितवनमा ६९४ पुगेको छ । यसअघि ६०५ रहेको थियो । निकुञ्जका अनुसार सन् २०१५ को गणनायता १६१ वटा गैंडा मरिसकेका छन् ।

२०१५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा थियो । अहिले बढेर ३८ पुगेको छ । यस्तै शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको छ । सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेकोमा यसपटकको गणनामा पनि सोही संख्या रहेको पाइएको छ ।

निकुञ्जले बयश्क, अर्ध बयश्क र बच्चा गरि तीन भागमा बर्गिकरण गरेको तथ्यांक निकालेको छ । छुट्टएिको भालेको संख्या १४६ र पोथीको संख्या १९८ छ भने लिंग पहिचान नभएको संख्या ४०८ छ । बयश्क गैंडा ५२०, अर्ध वयश्क ९६ र बच्चा १३६ छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोगमा भएको गैंडा गणनामा १ करोड ४० लाख खर्च भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics