पानीका भरमा गैंडाको १६ घण्टे यात्रा

फाइल फोटो


चितवन निकुञ्जको सुखीभार क्षेत्रमा १० वर्षदेखि रमाइरहेका गैंडा अहिले शुल्लाफाँटामा एड्जष्ट हुन खोजिरहेको छ । करिब १६ घन्टा ट्रकमा कष्टप्रद यात्रापछि बुधबार सुदुरपश्चिम पुगेको बयस्क पोथी गैंडाले अब आफ्नो बाँकी जीवन त्यहीं बिताउनु पर्नेछ । मंगलबार सांझ चितवनबाट हिडेको गैंडा बुधबार दिउसो ११ बजे तिर शुक्लाफाँटा पुर्याइएको थियो ।

शुक्लाफाँटा पुगेको एक घण्टाछि जंगलमा छोडिएको गैंडा दौडिएरर जंगल पसेको थियो । सोमबार नै लगिएको अर्को भाले गैंडा पनि अहिले त्यही जंगलमा रमाइरहेको छ । गैंडालाई समात्ने बेलामा बेहोस गरिन्छ । त्यसपछि एन्टि डोट  दिएर ट्रकमा राख्नु अघि होेसमा ल्याइन्छ । खोर सहित ट्रकमा राखेर गैंडा यात्रा सुरु हुन्छ । सांझको समयमा घाम नलाग्ने भएका कारण पनि गैंडा स्थानान्तरणका लागि सांझ नै उपयुक्त मानिन्छ ।

ट्रकमा राखिएको गैंडालाई बेला बेला पानी छर्किदै तोकिएको स्थानसम्म पुर्याइन्छ । गैंडाको यात्रा हिडे पछि कतै पनि रोकिदैन । निकुञ्ज विभागका उपमहानिर्देशक  गोपाल प्रकाश भट्टराईको भने ,“हामी हिडेपछि कतै बास बस्दैनौं । बास बस्न थाल्यो भने गाह्रो हुन्छ । ”

बाटोमा गैंडालाई पनिमात्रै खुवाएर लगिन्छ । गैंडा आफ्नो गन्तव्यमा पुगेको एक घन्टा पछि ट्रकबाट ओरालिदिन्छन् र जंगलमा छोडिन्छ । अब फेरी यस्तै यात्रा सुखीभारको ३ पोथी गैंडाले पनि गर्नुपर्नेछ । संभवत यही महिनाको अन्त्यसम्ममा उनीहरु पनि चितवनबाट शुक्लाफाँटाको त्यो समूहमा मिलिसक्नेछन् ।

ट्रकमा राखेर लगिएको गैंडाको सुरक्षा र सहयोगका लागि पशुचिकित्सक, वन्यजन्तु प्राविधिक, सुरक्षाकर्मी सहित १५ जना परिचालन गरिएको थियो । २ दिन लगातार गैंडा समातेर तिनवटा खोरमा पठाएपछि अहिले खोरविन भएको छ चितवन राष्ट्रिय निकुञ्ज । चितिवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीले भने, “ अब खोर ल्याएपिछ मात्रै अरु गैंडा स्थानान्तरण गरिन्छ । ”

गैंडा स्थानान्तरणका लागि चिकित्सक र प्रविधिको टोलीसहित ३० हाती र १०० व्यक्ति निकुञ्जको पश्चिम क्षेत्र सुखिभार खटिएका थिए । शुक्लाफाँटा निकुञ्जमा पहिलोपटक २००१मा गैंडा स्थानान्तरण गरिएको थियो । कुनै एक ठाउँमा मात्रै प्रजातिहरु राख्दा प्रकोपबाट लोप हुनसक्ने सम्भावना भएको हुँदा त्यो प्रजातिलाई बाचइराख्न स्थानान्तरण गरी अर्का ठाउँमा प्रजातिलाई बचाईराख्न स्थानान्तरण गरिएको सरकारी दावी छ । हाल नेपालमा ६ सय ४५ वटा गैंडा छन् । ६ सय ४५ गैंडा मध्ये १ सय ७८ वटा भाले , २सय ३७ पोथी छन् भने भाले र पोथि नछुट्टिएका , ६० अर्धव्यस्क र १ सय २३ बच्चा गैंडा रहेका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics