प्राङगारिक कृषि मेला सुरु हुँदै



लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा अर्गानिक एग्रो फेयर अर्थात प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ । कृषि विकास मन्त्रालयलगायत विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टर र केटीइ फाउण्डेशनले यही माघ १४ देखि १७ गतेसम्म पाटन दरवार संग्राहलयमा मेला आयोजना गर्ने भएको हो ।

अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको बजारीकरणमा टेवा पुरयाउने, उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सदस्यहरुलाई सुपथ मूल्यमा अर्गानिक उपज उपलव्ध गराउने वातावरण सिर्जना गर्ने र स्वस्थ भइ वाँच्न पाउने अधिकारको संरक्षण गर्न र उपभोक्ता हीतको संरक्षण र सम्वद्र्धननमा सहयोग पुुरयाउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलामा अर्गा्निक चिया, कफी, जुस, तरकारी, प्राङगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादनm मसला, खाद्यन्न, फलफूल, तेल र राडीपाखलगायत ५० वटा स्टल रहने मेला संयोजक शान्ता वास्कोटा कोइरालाले जानकारी दिएकी छिन् । मेलाकै अवसरमा वैदिक अर्गा्निक एग्रिकल्चर विषयक अन्तराष्टिय कार्यशालासमेत आयोजना हुने आयोजक संस्थाका अध्यक्ष दीपक प्रकाश वास्कोटाले जानकारी दिएका छन् । प्रतिस्टल १० हजार रुपैयाँ रहेकोमा सरकारले प्रतिस्टल ५ हजार रुपैयाँ अनुदान सहयोग उपलव्ध गराएको पनि उनले बताए ।

नेपालमै अर्गानिक चियाको अभियानको सुरुवात गरेको कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टरले अन्तराष्टियस्तरको अर्गा्निक प्रमाणीकरण संस्था नासाबाट सन् १९९७ मा अर्गा्निक चिया उत्पादनको प्रमाणिकरण प्रमाणपत्र प्राप्त गरेको थियो । पाँचथर जिल्लाको रानीटारमा स्थापित उद्योगमा प्रत्यक्ष अप्रत्य गरी करिव ६ सय किसान आवद्ध रहेको पनि वास्कोटाले बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics