५ किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार



सरकारले पाँच उत्कृष्ट किसानहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको छ । कृषि मन्त्रालयले मंगलबार एक समारोहको आयोजना गरी पाँच उत्कृष्ट किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो ।

कृषि विकास मन्त्रालयले सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार सर्लाहीका अफजल हुसेनलाई प्रदान गरेको छ । यसैगरी नवलपरासिका थमबहादुर रजाली मगर, डडेल्धुराका खडक सिंह विष्ट, पाँथरकी इन्द्र कुमारी लावती र बाँकेका सुमेर शम्शेर जबरालाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारद्धारा सम्मान गरेको छ । सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार पाउने हुसेन माछापालन व्यवसाय गर्दै आइरहेका छन् ।

राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २ लाख प्रदान गरिएको छ भने उत्कृष्ट किसानहरुलाई जनही १ /१ लाख प्रदान गरिएको छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर केसीले किसाहरुलाई सम्मान गर्दै कृषकको हक हितमा काम गर्दै कृषकको हौसला बढाउने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव पोखरलले किसानको हक हितको लागि मन्त्रलायले ध्यान दिने र किसानहरुलाई विदेश भ्रमणको अवसर दिलाउने काय्र्रकम राख्ने जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics