मृतक वन रक्षककाे परिवारलाई २९ लाख सहयाेग



 

ताप्लेजुङ्ग जिल्लामा सामुदायिक वन सिमानामा सर्वे गरिरहेका बेला वन अतिक्रमणकारी वाट हत्या भएका वन रक्षक स्व. गणेश बहादुर शाहीको परिवारलाई वन विभागले २९ लाख ७० हजार ४ सय ५९ रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकम वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले स्व. गणेश बहादुर शाहीकी श्रीमती पवित्रा शाहीलाई हस्तान्तरण गरेका हुन् ।

वन विभागका कर्मचारीले एक दिनको तलब सहयोग मार्फत सो रकम जम्मा गरेका थिए । यसबाहेक अन्य २० जिल्लाका वन कर्मचारीले पनि शाहीको परिवारलाई सहयोगका लागी रकम जुटाएका छन् ।

२०७३ साल पौष १७ गते बिहानको समयमा ताप्लेजुङ जिल्लास्थित वोइराको सामुदायिक वनको सिमान सर्भे गर्दै गर्दा स्थानीय टेक बहादुर लिम्बुले उनको हत्या गरेका थिए । शाहीका श्रीमतीसहित २ छोरा र १ छोरी रहेका छन् ।

यस अघि सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ प्रदान गरेको थियो ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics