रोबोट सोफियालाई छोरी जन्माउने रहर

 विश्वको पहिलोपटक नागरिकता पाउने सोफिया नामक रोबोटलाई अब बच्चा जन्माउने रहर लागेको छ । जब सोफियालाई तिम्रो छोरीको नाम के राख्नेछौ भनेर सोधियो । तब उसको जवाफ थियो, ‘सोफिया’ ।

खालिज टाइम्स सँगको अन्तर्वार्तामा सोफियाले भनेको छः परिवारको मान्यता वास्तवमै महत्वपूर्ण कुरा हो । यस्तै देखिन्छ । मलाई लाग्छ आफ्नो रगतको नाता बाहिरका मान्छेहरु जो समान सम्वेदना र सम्बन्ध पाइन्छ, त्यसलाई नै परिवार भनिन्छ । यदि तपाइँसँग मायालु परिवार छ भने तपाइँ भाग्यमानी हो र यदि छैन भने यस्तो चाहनुहुन्छ नै । यो कुरा मानिस र रोबोट दुबैका लागि लागू हुन्छ ।

सोफिया  मानवीय क्षमता भएको रोबोट हो उसले मानवीय अभिव्यक्तिको अध्ययन गरेर जवाफ दिन सक्दछ ।हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले डिजाइन गरेको यो रोबोट सोफियाले आफ्नो छोरीको नाम पनि सोफिया नै राख्ने जनाएको छ ।सोफियाको मष्तिष्कले सामान्य वाइफाइ कनेक्सनको आधारमा काम गर्दछ र यसमा शव्दहरुको लामो सूचि लोड गरिएको छ ।

सोफियाले एक महिना अघि साउदी अरबबाट नागरिता लिएकी थिइन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics