ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री



बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने ब्याट्री अविष्कार गरेका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका हुन ।

बैज्ञानिकहरुको अनुसार यो ब्याट्री भविष्यमा जिउमा पहिरन सकने सम्भावना रहेको छ । ब्याट्रीले पटक पटक मोडिँदा तथा तन्किँदा विद्युत उत्पादन गर्ने क्षमता राख्दछ ।जिउमा पहिरिने वेरेबल इलेक्ट्रोनिक ग्याजेटमा प्रयोग गर्नका लागि परम्परागत तथा इन्जाइममा आधारित फ्युल सेलको तुलनामा माइक्रोबियल फ्यूल सेल सर्वोत्तम उर्जाको श्रोत हो । किनकी यसले लामो समयसम्म बायोक्याटालिस्टको रुपमा उर्जा प्रदान गर्न सक्दछ ।

यस्तो कोषका लागि मानव सरीरबाट निस्किने पसिनाले इन्धनको काम गर्न सक्दछ । किनकी त्यसमा उर्जा पैदा गर्नका लागि आवश्यकता ब्याक्टेरिया पाइन्छ ।फ्लेक्सिबल तथा स्ट्रेचेबल बायो ब्याट्री नविकरणीय हुनुका साथै वातावरणमैत्री हुने बताइएको छ ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics