म्याग्दीमा जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र



म्याग्दीमा जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभिए सवस्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत् निर्माण कार्य अघि बढेको हो । कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडन सरकारले सवस्टेशन र प्रसारण लाइनको काम अघि बढाएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले दाना सवस्टेसनको विवाद ढिला टु्ङ्गिँदा यसको प्रभाव जलविद्युत् आयोजनामा परेको जानकारी दिए ।

दाना र खुर्कोटमा जग्गा प्राप्तिको विवादले निर्माण प्रक्रिया दुई वर्ष ढिला भएको थियो । यसै कारणले ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाले १३ महिना लगाएर निर्माण कार्य गर्न सकेको थियो भने पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको निर्माण पनि निकै सुस्त थियो ।

२०७३ साल जेठ महिनादेखि दानामा सवस्टेसन निर्माणको काम अघि बढेको थियो । प्रसारण लाइनअन्तर्गत खुर्कोटमा निर्माण हुने सवस्टेसनको जग्गा विवाद पनि २०७३ भदौमा टुंगिएपछि काम गर्ने सहज भएको छ
अहिले सवस्टेसन र प्रसारण लाइन दुवै कामले गति लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics