अब देखि हात्तीपालो नहुने



बर्षेनी जाडोयाममा भव्यताका साथ चितवनको मेघौलीमा आयोजना गरिने अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यो वर्ष नहुने भएको छ ।

जिल्लामा ३५ औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न भएकोे हात्तीपोलो प्रतियोगिता यो वर्षदेखि नखेलाउने आयोजक टाइगर टप्सले जनाएको छ ।

हरेक वर्ष यही पुस महिनामा यो खेलको आयोजना गरिदैं आएको थियो । यो खेल हेर्न नवलपरासीमा स्वदेशीका साथै ठुलो परिमाणमा विदेशी पर्यटककोे ओइरो लाग्थ्यो ।

हात्तीमाथि बसेर घुमाउन बन्द गरिएका कारण उक्त प्रतियोगिता पनि बन्द गर्नु परेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले बताए ।

‘जनावरलाई दुः ख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका छौ,’ उनले भने ।

वन्यजन्तु पर्यटनलाई नयाँ रूपमा विकास गर्न जनावरलाई भारी हुने काम नगराउने तथा घण्टौं पर्यटक हात्तीमाथि राखेर घुमाउने काम बन्द गरिएका कारण खेल बन्द गरिएको चौधरीको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics