बाढी उत्थानशिल पोर्टल सुरु



बाढी तथा बिपद्सम्बन्धी सूचना र जानकारी दिन नेपाली भाषामा बाढी उत्थानशिल पोर्टल सुरु भएको छ ।

जूरीच इन्सुरेन्स, रेडक्रसहरुको अन्तर्राष्ट्रिय फेडरेशन, पेन्सिलभानिया विश्वविद्यालयको वार्टन रिस्क रिडक्सन तथा डिसिजन प्रोसेस सेन्टर, इन्टरनेशनल इन्स्टीच्युट फर अप्लाइड सिस्टम एनालाइसिस र प्राक्टिकल एक्सनलगायतको संस्थाको सहकार्यमा यो वेब पोर्टल सञ्चालनमा आएको हो ।

बाढीसम्बन्धी जोखिम न्युनिकरणका लागि प्रविधिका साथै बाढी उत्थानशीलता हासिल गर्न सम्बन्धित ज्ञान आदान प्रदान गर्न विद्युतीय पुस्तकालयको रूपमा यसलाई विकास गरिएको छ । बाढी उत्थानशीलतासम्बन्धी कार्यक्रम, नवीनतम प्रयास, सिकाईहरु आदान प्रदान गर्ने यो वेब पोर्टलको मुख्य लक्ष्य छ ।

बाढीसम्बन्धी आवश्यक जिज्ञासाहरु पनि यो पोर्टलबाट मेटाउन सकिने बताइएको छ । साझेदार सरोकारवाला निकायहरूको ज्ञान, सिप, अनुभवलाई संकलन, अद्यावधिक, विश्लेषण र आदानप्रदान गरी राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने यसको अर्को महत्त्वपूर्ण भूमिका छ । यो वेब पोर्टल स्थानीय निकायसँग सहकार्य गरी आगामी दिनमा थप प्रभावकारी बनाइने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics