पिडीतका पक्षबाट (२ मुक्तक)

१.
गैँडा, बाघले जोगाएका, साखका कुरा गर्छाै ।
रित्तिएको मेरो कहिल्यै, काखका कुुरा गर्छाै ??
बीस लाख दिन्छु मेरी छोरी फिर्ता ल्याइदेउ न त
जो आएनि खाली त्यहि दश लाखका कुरा गर्छौ ।।
२.
गैँडा आउँछ बाली मास्छ, तिमीले बार लगाइदिन्छौ ?
बाघ आउँछ बाख्रा लान्छ, आई कहिल्यै धपाइदिन्छौ ?
जोगाउ, जोगाउ मात्र भन्छौ, हाम्रो पिर कस्ले बुझ्छ ?
हात्ती आउँछ घर भत्काउँछ, तिमी आई बनाइदिन्छौ ??

 

आदित्य आचार्य

प्रतिक्रिया दिनुहोस

web
analytics