एक जोडी गैँडा हस्तान्तरण गर्न डेढ करोड



सरकारले उपहारस्वरूप चीन सरकारलाई गैँडा दिने कार्य अन्तिम चरणमा पुर्‍याएको छ । गैँडा हस्तान्तरणका लागि आवश्यक पर्ने सम्पूर्ण चीन सरकारले आफै व्यहोर्ने सम्झौता भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले गैँडा हस्तानान्तरको लागि कूल एक करोड ५० लाख रुपैयाँ खर्च हुने जानकारी दिए । यो रकम एक जोडी गैँडाका लागि मात्रै हो । यो रकममध्ये चीन सरकारले नेपाललाई ५० प्रतिशत वापतको रकम नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ । विभागले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । चीनले पठाएको रकम राष्ट्रिय प्रकृति तथा संरक्षण कोष मार्फत खर्च भइरहेको खड्काले बताए ।

उनका अनुसार चीन सरकारले गैँडा खोज्ने कार्य, भूमा बनाउने, ट्रकमा गैँडा हाल्न लाग्ने खर्च, काठमाडौँ ल्याउँदा लाग्ने खर्च, गैँडालाई खुवाउन प्रयोग हुने फलफूल तथा अन्य खाद्यान्न, चीनबाट आउने पशु चिकित्सकको बसाई तथा आन्तरिक भ्रमणलगायतको खर्चसमेत व्यहोर्ने  छ ।

वन तथा वातारण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले यसै आर्थिक बर्षमा एक जोडी गैँडा चीन सरकारलाई हस्नान्तरण गर्ने जानकारी दिए ।

एक जोडी गैँडा असार २८ गते चीन सरकारलाई हस्तानान्तरण गरिदैं छ । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरण मन्त्री शतिm बहादुर बस्नेतले चीन सरकारलाई गैँडा हस्तानान्तरण गर्ने कार्यक्रम छ । चीनलाई उपहार दिने गैँडाको नाम भद्र र रूपसी राखिएको छ ।

दैनिक रूपमा आठजना व्यति गैँडा हस्तानान्तरणको कार्यमा खटिएका छन् ।नेपाल साईटिसको पक्षधर राष्ट्र भएकाले अन्य मुलुकलाई संरक्षित वन्यजन्तु उपहारमा दिन विभिन्न प्रकारको कागजी प्रक्रिया अनिवार्य रूपमा पुरा गर्नुपर्छ । सरकारले चीनलाई दुई चरणमा एकसिंगे गैँडा उपहारमा उपलब्ध गराउने छ ।

साइटिस ऐनमा कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण, शिक्षा वा अनुसन्धान प्रयोजनका लागि सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै पनि प्रजातिको संकटापन्न वन्यजन्तु नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकका रूपमा उपहारस्वरूप त्यस्तो मुलुकलाई उपलब्ध गराउन सक्नेछ भनी उल्लेख छ ।विभागका अनुसार अर्को जोडि गैँडा साउनको दोस्रो हप्तासम्म चीनलाई हस्तानान्तरण गर्ने योजना छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बैशाख २० गते नै उपहार दिन लागिएको गैँडा समातेर सुरक्षित साथ खोरमा राखिएको छ । करिब ५० जनाको टोलीले डेढ वर्ष देखि दुई वर्ष उमेरका दुईवटा पोथी र एउटा भालेलाई एक साताको अवधीमा नियन्त्रणमा लिएको थियो । बाढीबाट उद्धार गरिएको एक भाले गैँडालाई चीन पठाउने प्रस्ताव गरिएको छ ।

त्यसैले दुई पोथी र एक भाले गैंडामात्र नियन्त्रणमा लिइएको थियो । चिनियाँ दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)का उपकार्यकारी निर्देशक ल्यु डिवाङ, चिनियाँ साइटिस व्यवस्थापन निर्देशक सिओ होङसहित आठजनाको टोली बिहीबार नेपाल आएर फर्केका छन् ।

नेपालले उपहारमा पठाउन लागेको गैँडा चीनको चिमे लाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राख्ने व्यवस्था गरिएको छ । २०७३ को असारमा तत्कालीन समयका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics