स्मार्ट इको सिटी बनाइने



दु्रतगतिमा जनसङ्ख्या ओइरिएको अवस्थामा काठमाडौँको पर्यावरणलाई बचाउनका लागि स्मार्ट इको सिटी बनाउने काठमाडौँका १८ ओटै नगरपालिका सहमत भएका छन्।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुर महानगरपालिका र युएन ह्याविटाटले बुधबार राजधानीमा आयोजना गरेको इकोसिटी प्रवद्र्धनसम्वन्धि परामर्श कार्यक्रममा नगरपालिकाले काठमाडौँ शहरलाई बचाउन पानी भण्डारण पोखरी, रिचार्ज पोखरी, पार्कहरु बनाउँदै पर्यावरण मैत्रीशहर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पुराना नगरहरु वैज्ञानिक तवरले बनेको र यसमा प्रकृति, आर्थिक र सामाजिक सामञ्जस्यता कायम भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नेमा पनि नगरपालिका प्रतिनिधिहरु सहमत भएका छन् ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्मार्ट इकोसिटीमा जोड दिँदै नयाँशहर प्रकृति मैत्री हुनुपर्नेमा जोड दिए । शहर बनाउँदा धनीमानीलाई मात्र सोचेर नभई गरिबका लागि सोचेर व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले शहर पर्यामैत्री नभएकाले अहिले मुटु, प्रेसर, मधुमेहजस्तानसर्ने रोगको प्रकोप बढेको जानकारी दिए ।

शहर ठूला कंक्रिटको बनाउने कार्यलाई हतोत्साही पार्दै परम्परागत संस्कृतिको संरक्षण हुने हिसाबले शहरको परिकल्पना गर्नुपर्नेमा उनले नगर पालिकाका मेयर, उपमेयर र प्राविधिकहरूको ध्यानाकर्षण गरेका थिए । यसका सार्थ उनले शहरको सम्पदा, प्राकृतिक स्रोतको सुरक्षा र संरक्षणका साथै आदिवासी समुदायलाई खलल नपार्ने गरी शहरको विकास गर्न जरुरी भएको औंल्याएका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा लिभेबल सिटीको अवधारणाअनुरुप ३० प्रतिशत खुला ठाउँ हुनुपर्नेमा मुस्किलले ४ प्रतिशत मात्र खुला क्षेत्र बाँकी रहेको बताए । २० वर्ष जनप्रतिनिधि नहुँदा खुलाचौरहरु धेरै व्यक्तिले खाई दिएको बताउँदै उनले इञ्जिनियरिङ्ग क्याम्पस र युएन क्षेत्रकाप र्खाल भत्काइ उक्त दुवै क्षेत्रलाई पर्यावरणमैत्री बनाउने योजना रहेको जानकारी दिए । ललितपुरले साइकल ट्रयाक निर्माण गर्नका लागि ५० लाख छुट्याएको पनि स्पष्ट पारे ।

नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले इकोसिटीका लागि नेचर र कल्चरको सामञ्जस्यता आवश्यक रहेको बताए । उनले निजी कार र ठूलो भवन हुँदैमा शहर धनी नहुने र धनी शहर बनाउन सबै जनाले सार्वजनिक गाडी चढ्ने वातावरण बनाउनुपर्ने बताए ।
ललितपुरको विकास मात्रै भएर काठमाडौँको विकास नहुने बताउँदै समग्र काठमाडौँ उपत्यकाको विकासका लागि साझा एजेन्डा र एउटै अठोट हुनुपर्नेमा उनले जोड दिए ।

नयाँ शहरमा डम्पिङ साइट नभई जेरो वेस्ट र वेस्ट प्रोसेसिङ्ग साइट हुने उनले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics