तिहारको दोस्रो दिन, कुकुरको पूजा गरिँदै

 

तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ ।

घरघरमा सुरक्षा दिने कुकुरको पूजाआजा गरी मिठामिठा खानेकुरा खान दिएर कुकुर तिहार मनाउने चलन छ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास पनि रहिअएको छ।


आजको दिन कुकुरलाई विधिवतरुपमा पूजा गरी खान दिने मानिसलाई पुण्य प्राप्त हुने जनश्रुति छ।कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको संख्यासमेत बढ्न थालेको छ ।


 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics