हात्ती महोत्सवका लागि राष्ट्रपति भण्डारी चितवन जाँदै
- नेचर खबर
राष्ट्रपति विद्यादेवी भण्डारी १५औं हात्ती महोत्सवका लागि चितवनको सौराहा जाने भएकी छन्।
क्षेत्रीय होटेल संघ सौराहाले आयोजना गरेको १५औं चितवन हात्ती महोत्सवमा राष्ट्रपति भण्डारी चितवन जान लागेकी हुन्।
पर्यटन प्रवर्द्धनका लागि क्षेत्रीय होटेल संघ सौराहाले गर्न लागेको चितवन हात्ती महोत्सव उद्घाटनका लागि राष्ट्रपति भण्डारी भोलि बुधवार सौराहा जान लागेको राष्ट्रपतिका विज्ञ समूहका सदस्य माधव शर्माले बताए।
पुस ११ गते देखि पुस १५ गतेसम्म हात्ती महोत्सव सौराहाको बाघमारा चौरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस