रेडपाण्डाको छाला ओसार – पसार फरार प्रतिवादी पक्राउ
- नेचर खबर
रेडपाण्डाको छाला ओसार –पसारमा संलग्न फरार प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ ।
अपराध अनुसन्धान ब्यूरो (सिआई बि)बाट खटिएको टोलीले बुधवार बेलुका गुर्जुभञ्ज्याङ्ग, नुवाकोटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट शिवपरी गाउँपालिका वडा नं ६ का ४५ वर्ष सन्तोष कुमार तामाङ्ग रहेका छन् । रेडपाण्डाको छाला सहित पक्राउ परेका सन्तोष अदालतबाट माग भएको धरौटी बापत जेथा जमानीमा राखी तारेखमा रहेकोमा अदालतको फैसला पछि भागी फरार रहेका थिए।
ब्यूरो टोलीले फैसला कार्यान्वयनका लागि बिहीबार काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ।
बन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार तथा बिक्री वितरण मुद्दामा काठमाडौँ जिल्ला अदालतको मिति २०७४ फाल्गुन ३ गतेको फैसलाले पाँच वर्ष कैद हुने फैसला भएको थियो ।
२०७४ भदौं १९ गते जिल्ला काठमाडौँ तारकेश्वर न.पा. वडा नं. १० मनमैजु स्थित सडकमा प्रतिवादी सन्तोष कुमार तामाङ्गले चलाएको बा३४प ६६८१ नं.को पल्सर मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा रेडपाण्डाको छाला बरामद गरेका थिए ।
उनलाई कैद भुक्तानको लागि मिति २०७५ मङ्सिर १२ गते नै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस