वन्यजन्तु सम्बन्धी ६३ वटा मुद्दा दर्ता


नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरूमा वन्यजन्तु अपराध सम्बन्धी ६३वटा मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गत आर्थिक वर्ष २०७४ /७५ एक सय सात वटा वन र वन्यजन्तु सम्बन्धी मुद्दामा ६३ वटा वन्यजन्तुको दर्ता भएको हो ।

अवैध रुख कटान,अवैध काठ ओसारपसार, विना अनुमति ढुङ्गा गिट्टी बालुवा सङ्कलन,हातहतियार सहित निकुञ्ज भित्र प्रवेश र वन्यजन्तुको सिकार सम्बन्धी एक सय सात मुद्दाहरू दर्ता भएको छ ।

दर्ता भएका मुद्दा मध्ये ५९ प्रतिशत अर्थात् ६३ वटा वन्यजन्तु अपराध सम्बन्धी रहेका छन् भने ४१ प्रतिशत अर्थात् ४४ वटा वन अपराध सम्बन्धी रहेको विभागको तथ्याङ्क छ।

गत आर्थिक वर्षमा पर्सा,चितवन,बर्दिया,शिवपुरी नागार्जुन र अन्नपूर्ण संरक्षण क्षेत्रमा वन अतिक्रमण,अवैध रुख कटान,वन पैदावारको ओसारपसार जस्ता वन अपराध, चितवन र अन्नपूर्ण संरक्षण क्षेत्रमा अवैध माछा मार्ने,बर्दिया राष्ट्रिय निकुञ्जमा अवैध रूपमा चित्तल,जरायो र दुम्सि जस्ता वन्यजन्तुको सिकार सम्बन्धी मुद्दा दर्ता भएको थियो। भने, मकालु,वरुण र लामटाङ्ग राष्ट्रिय निकुञ्जमा हिमाली कालो भालु,हाब्रे,कस्तुरी मृगको अगं ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएका थिए।

यस अवधिमा सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ। बर्दियामा २८ वटा मुद्दा दर्ता भएको थियो। चितवनमा २३,अन्नपूर्ण १५,पर्सा र शुक्लाफाँटामा १०-१०,शिवपुरी नागार्जुनमा ८ र कोसी टापुमा ४ वटा मुद्दा दर्ता भएको विभागको तथ्याङ्क छ। त्यसै गरी लाङटाङ,मकालु वरुण,बाँकेमा तीन-तीन वटा मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष २०७३-७४ मा ११४ वन तथा वन्यजन्तु अपराध सम्बन्धी मुद्दा दर्ता भएको थियो।

विभागको तथ्याङ्क अनुसार १०७ वटा वन तथा वन्यजन्तु अपराधमा ३०३ जना व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको थियो। जसमा २ सय ८८ जना पक्राउ परेको छन् भने १५ जना फरार रहेका छन्। फरार रहेकाहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ।

विभागका अनुसार दर्ता भएका एक सय सात मुद्दा मध्य २९ वटा मुद्दा फैसला भैसकेको छ भने ७८ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। आर्थिक वर्ष २०७३/७४ मा ११४ अपराधमा २ सय ९८ जना व्यक्ति पक्राउ परेका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा,बाघ,हात्ती,कस्तृरी मृग,ध्वांसे चितुवा वा गौंरीलाई मार्ने,घाइते बनाउने ,खरिद गर्न नपाइने उल्लेख छ ।

त्यसैगरी हस्तनन्तरण गरी लिने दिने तथा गैँडाको खाग वा कस्तृरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटपहार राख्ने खरिद गर्ने वा विक्री गर्ने व्यतिलाई  पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना हुनेछ वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैंयादेखि पाँच लाखरुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ । त्यस्तै संरक्षित शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनम देखि नौं महिनासम्म कैद वा दुवै सजाय , त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए भो वा बापत हुने सजाय समेत हुने हुने कानुनी व्यवस्था छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics