पश्चिम भूभागमा वर्षा

मङ्गलवार पश्चिमका केही क्षेत्रहरूमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी काठमाडौँ भन्दा पश्चिम भूभागमा वर्षा भइरहेको जनाएको छ ।त्यस्तै उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।

देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली भई पानी परि रहेको मौसम विद्ले जनाएका छन्।

पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलवार देशभरी कै मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भए पनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार पश्चिमी वायुको प्रभावका कारण बदली हुने, पानी पर्ने र हिमपात हुने क्रम बढेको हो । पर्सि बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने उनले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि बादल लागेको चिसो महसुस भइरहेको छ । बिहान साढे ६ बजे गरेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ ।

मङ्गलवार बेलुका भने देशको पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली हुनेछ । हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics