अवैध वन्यजन्तु कस्तुरीको बिना सहित पक्राउ

अवैध वन्यजन्तु कस्तुरीको बिना सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बझाङ घर भएका २३ वर्षीय अशोक  कुमार बोहोरालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

बोहोरालाइ चन्द्रागिरी नगरपालिका २ नागढुङगा चोकबाट अन्दाजी ३६ ग्राम अबैध वन्यजन्तु कस्तुरीको बिना सहित पक्राउ गरेको थियो ।

उक्त स्थानमा बा.५ ख ५२३५ नम्बरको बस जाँच गर्नेक्रममा बसमा सवार बोहोरालाई उक्त बस्तु सहित फेला पारी प्रहरीले पक्राउ परेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics