यस्ता छन् बजेटमा वन -वातावरणका कार्यक्रम
- नेचर खबर
सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमार्फत वन, वातावरण तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनका लागि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बजेटमा समावेश भएका कार्यक्रमहरु यस प्रकार छन् ।
- मौसम पूर्वानुमानलाई थप विश्वसनीय बनाउने ।
- आगामी वर्ष थप दुई स्थानमा राडर जडान गरिने ।
- वन सम्पदानमार्फत आय आर्जन गरिनेछ ।
- बैज्ञानिक वन व्यवस्थापनमा जोड दिइनेछ
- सरकारी आयोजनाले वनको जग्गा प्रयोगगरेबापत क्षतिपूर्ती उपलब्ध नगराउने । सार्वजनिक झाडी र पर्ती जग्गा वा स्थानीयमा वृक्षारोण गर्नुपर्ने।
- जडिबुटीको खेतीलाई जोड दिदै विशेश निर्यातमा जोड दिइने ।
- कर्णालीमा जडिबुटी उत्पादनमा विशेष जोड दिइनेछ ।
- राष्ट्यि निकुञ्ज, आरक्षण क्षेत्र, उद्यान, शिकार आरक्ष, तथा सामुदायिक वनहरुलाई प्रकृतिमा आधारित पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनेछ
- लोपोन्मुख वन्यजन्तु तथा वनस्पतीको संरक्षणमा विशेष जोड दिइनेछ
- वन्यजन्तुको वासस्थानको संरक्षणमा जोड दिइनेछ
- मानव वन्यजन्तु द्धन्द्ध कम गर्ने विशेष कार्यक्रम ल्याइएको छ ।
- चुरे संरक्षण क्षेत्रका लागि १ अर्ब ५५ करोड बजेट छुट्याइएको छ ।
- वातावरणका अन्तर्राष्टिय सन्धी संझौताप्रति सरकार सचेत छ ।
- जल, वायु तथा ध्वनी प्रदूषणका मापदण्ड संशाधन गर्दै थप कडाइ गरिनेछ ।
- शहरहरुलाई हरित शहरका रुपमा विकास गरिनेछ ।
- जलवायु परिवर्तनको जोखिम कम गर्ने प्रकारका कार्यक्रममा जोड दिइएको छ ।
- कार्वन व्यापारका लागि रेड प्लस कार्यक्रमलाई निरिन्तरता दिइनेछ ।
- वन्यजन्तु तथा जलवायु परिवर्तनका विषयमा अध्ययन अनुसन्धान अनुसन्धानमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस