सुदूरपश्चिममा असिना पानी
धनगढी - सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असिना पानी परेको छ ।
दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । हावाहुरीसहित असिना पानी परेको थियो ।
दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । २८ गतेदेखि पश्चिमी वायु भारतको जम्मुकास्मिर हुँदै नेपालको दार्चुलामा प्रवेश गरेको थियो । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षा नभए पनि पूर्व सतर्कता अपनाउनु पर्ने मौसमविदहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस