हिउँचितुवा चिडियाखानामा ल्याइयो, किन सकेन हिँड्न ?

काठमाडौं – मोरङको उर्लाबारी–१ चारघरेको बाँस झ्याङमा भेटिएको हिउँचितुवालाई उद्धार गरेर जावालाखेल स्थित सदर चिडियाखानामा ल्याइएको छ । मंगलबार साँझ वन्यजन्तु प्राविधिक र भेटनरी प्राविधिकसहितको ५ जनाको टोली हिउँचितुवाको उद्धार गरेको थियो ।

चिडियाखानामा ल्याएर हिउँचितुवालाई आवश्यक पर्ने तापक्रमको व्यवस्था मिलाउँदै घाइते अवस्थामा रहेकाले उपचार गराइरहेको सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

‘किशोर (सब–एडल्ट) चितुवा’ घाइते रहेकाले उपचारकै क्रममा छ । हामीकहाँ बुधवार बिहान साढे आठ बजे आइपुगेको हो, अहिले क्वारिन्टाइनमा रहेको छ,’ उनले भने ।

हिउँचितुवालाई हिँड्नमा अप्ठ्यारो परिरहेको देखिएको चिडियाखानाका चिकित्सकले बताए । ‘गाउँलेले कुटपिट गरे कि भन्ने आशंका गरेका छौँ । हामीले अब्जरभेसनमा राखेका छौँ । चिडियाखानाका डा. पर्वतजंग थापा, दिव्या पौडेल लगायतको टिमले उपचार गर्दै हुनुहुन्छ’, कोइरालाले भने ।

कोइरालाले रिकभरिका लागि समय लाग्न सक्ने हुँदा त्यसपछि मात्रै वासस्थानमै फर्काउने काम थालिने समेत जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics