जब नारायणीमा नुहाउन गएका वृद्धलाई गोहीले तानेर लग्यो…

काठमाडौं — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा गोहीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका–२ सेहरी गाउँस्थित नारायणी नदी किनारमा आज बिहान नुहाउन गएका ७२ वर्षीय मिनबहादुर थारुलाई गोहीले आक्रमण हो ।

उनलाई गाहीले तानेर पानी भित्र डेढ घण्टासम्म राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलले बताए ।

प्रहरीले उनको शव निकालेर पोष्ट माटमका लागि जिल्ला अस्पतालमा पठाएको छ ।

यसैबिच वृद्धलाई आक्रमण गरेको गोहीलाई चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले नियन्त्रणमा लिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी बेदबहादुर पौडेलका अनुसार मान्छेलाई आक्रमण गरेको गोहीलाई चितवन निकुञ्जका अधिकारीहरूले नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगेका छन् ।

कसरास्थित गोही प्रजनन केन्द्रको नजिकै कुनै पोखरी, ताल वा रहमा छाडिने निकुञ्जका अधिकारीहरूले जनाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जभित्रको तालतलैयामा छोडिने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics