चुरे संरक्षण अभियन्ताले किन घेरे मधेशको मुख्यमन्त्री कार्यालय ?

काठमाडौ‌ - चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरूले मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल यादवको अगुवाइमा कार्यालय घेराउसँगै ज्ञापन पत्र समेत बुझाएका छन् ।

दलित, भूमिहीन, सुकुम्बासीहरुको भूमि अधिकार, अवैध उत्खनन बन्द, वन अतिक्रमण नियन्त्रण, खुल्ला चरिचरण बन्द लगायतको माग गर्दै कार्यालय घेराउ गरेका छन् । यी मुद्दाहरुसहित संरक्षण अभियान दुई वर्षदेखि आन्दोलनमा छन् । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाउँदै मागहरू यथाशीघ्र पूरा गर्न आग्रह गरेका छन् ।

अभियानले भोलि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर इकाईको घेराउ गर्न जनाएको छ । अध्यक्ष यादवले माग पूरा र तीनवटै तहका सरकार जिम्मेवार नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics