विश्वको ठूलो सुन भण्डार चीनमा फेला

काठमाडौं - विश्वको सबैभन्दा ठूलो सुन भण्डार चीनमा फेला परेको छ । चीनको हुनान प्रान्तको पिङ्जियाङमा १ हजार मेट्रिक टन उच्च गुणस्तरको सुन भण्डार फेला परेको हो ।

त्यसको मूल्य अनुमानित ८३ अर्ब डलरभन्दा बढी रहेको छ । थ्रीडी मोडलिङ र ड्रिलिङको आधारमा चिनियाँ वैज्ञानिकहरूले ४० भन्दा बढी सुनका खानी पत्ता लगाएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश हो । चीनले २०२३ मा विश्वको कूल उत्पादनमा १० प्रतिशत हिस्सा ओगटेको छ ।

चीनको सुन भण्डार २ हजार २ सय ६४ टन रहेको छ । यो विश्वको छैटौं धेरै हो । अमेरिका ८ हजार १ सय ३३ टनका साथ सुन भण्डार गर्ने देशहरुको सूचीमा पहिलो स्थानमा पर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics