सुपर काबेली ‘ए’को विद्युत् लाइन राष्ट्रिय प्रसारणमा जोडियो
- नेचर खबर
ताप्लेजुङ - ताप्लेजुङको सिरिजंगा गाउँपालिका–८ मा निर्माण भएको सुपर काबेली ‘ए’जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
सुपर काबेली ‘ए’ले उत्पादन गरेको १३.५ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आइतबार बिहानदेखि जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिए ।
विद्युत् प्राधिकरणबाट आएका प्राविधिकहरुले अन्तिम चेकजाँचका साथै निरीक्षण गरेका थिए । प्राधिकरणबाट आएका प्राविधिकको टोलीले आयोजनाको विद्युत् गृह रहेको रातेखोलामा अन्तिम परीक्षण गरेसँगै नेपाल विद्युत् प्राधिकरण पाँचथर अमरपुरस्थित १३२ केभिए विद्युत् प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
आयोजनाले विद्युत् गृह रहेको रातेखोलादेखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त विद्युत् अमरपुरस्थित १३२ केभिए विद्युत् प्रसारण लाइनसम्म पु¥याएको थियो ।
स्नो रिर्भसले निर्माण सम्पन्न गरेको विद्युत् आयोजना २०७९ मंसिर २५ गतेबाट काम सुरु भएको थियो । प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत करिब २ अर्ब ६३ करोड २९ लाख रहेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस