किन भएन सक्रिय मनसुन ?


मनसुन पुर्वबाट पश्चिमतिर फैलदा उपत्यकामा कमजोर वर्षा भएकाे छ । सामान्यतया हल्का वर्षा भएपनि अहिले नै ठुलो वर्षा हुने संकेत नदेखिएको मौसमविद्हरुले जानकारी दिएका छन् ।

मनसुन भित्रिएको एकसाता वितिसक्दा पनि सक्रिय वर्षा हुन सकेको छैन । नेपालमा एकसाता अघि पुर्वी नेपालबाट मनसुन भित्रिएको थियो । सुरुवातमै कमजोर रुपमा भित्रिएको मनसुन सातादिन वित्दा पनि सक्रिय हुन नसक्दा वर्षा हुन नसकेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु नेपालभर फैलन सकेको छैन, महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘नेपाल प्रवेश गर्दा नै कमजोर रुपमा प्रवेश गरेको मनसुन एकसाता सम्म पुर्वी भुभागमा मात्र सक्रिय रह्यो । यो विस्तारै फैलने क्रममा छ ।’ सामान्यतया पुर्वी नेपालबाट भित्रिएको मनसुन एकसातासम्म पश्चिम नेपालसम्म पुगिसक्थ्यो । उनले भने, ‘मनसुनी वायु सोमबारसम्ममा मध्य भागसम्म फैलिएको छ, पश्चिमसम्म पुग्न अझै केही दिन लाग्ने देखिन्छ ।’

मनसुन पुर्वबाट पश्चिमतिर फैलदा उपत्यकामा कमजोर वर्षा भएकाे छ । सामान्यतया हल्का वर्षा भएपनि अहिले नै ठुलो वर्षा हुने संकेत नदेखिएको मौसमविद्हरुले जानकारी दिएका छन् ।

नेपालमा पश्चिमी वायुको प्रभाव अझै रहेकोले मनसुनी वर्षा हुन नसकेको मौसमविद् पौडेलले जानकारी दिए । पौडेलका अनुसार अहिले मनसुन सक्रिय हुन नसक्नुको मुख्य कारण पश्चिमीवायुलाई पुर्वी मनसुनी वायुले विस्थापित गर्न नसक्नु नै हो ।

नेपालमा चार किसिमका मौसमी प्रणाली सक्रिय हुन्छन्, जसमा बंगालको खाडीबाट मनुसुनी वायु आउनुअघिको प्रि– मनुसन, मनसुन, पोस्ट मनुसन र हिउँदमा पश्चिमी वायुको प्रभावले हुने वर्षा रहेका छन् ।

असारको पहिलोसाता वितिसक्दा पनि पानी नपरेपछि किसानहरु चिन्तित हुन थालेका छन् । धान रोप्ने समय भइसक्दा पनि पानी नपरेपछि किसानहरुले रोपाई गर्न पाएका छैनन् । यो वर्ष प्रिमनसुनको अवधिमा राम्रो वर्षा भएको थियो । प्रिमनसुनी अवस्थालाई हेरेर यस अघिनै मौसमविद्हरुले राम्रो मनसुनको प्रक्षेपण गरेका थिए । मौसमविद् पौडेलले भने, 'प्रिमनसुनी अवधिमा भएको वर्षाले मनसुनलाई असर पारेको होइन । प्रिमनसुन र मनसुनमा छुट्टा छुट्टै प्रणालीले वर्षा हुने गर्दछ ।'

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनी अवधि मानिन्छ । यो मनसुनी अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics