निकुञ्ज भएपछि पर्सामा आउन थाले पर्यटक



पर्सा राष्ट्रय निकुञ्जमा यो अर्थिक वर्ष २०७३ /७४मा ७ सय ३९ जना पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये ७ सय ३२ नेपाली , ६ जना विदेशी र सार्क मुलुकबाट १ जना रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

पर्सा निकुञ्जमा विगत ३४ वर्षदेखि प्रजाति संरक्षण बाहेक पर्यटन प्रवद्र्धनमा प्रायः शुन्य देखिन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आधा भन्दा बढि पर्यटक बढेका हुन् । गत आर्थिक वर्ष २०७२/७३ मा यस निकुञ्जमा २ सय ३५जना मात्र पर्यटकले भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २०६६/६७ सम्म यस निकुञ्जमा १ सय जना पनि पर्यटक पुगेका थिएनन । पर्सा राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक रामले पर्सा निकुञ्जमा पनि विस्तारै पर्यटक भित्रिन थालेको बताए ।

पर्सा वन्यजन्तु आरक्ष बाट निकुञ्ज भएसँगै यो आर्थिक वर्ष अहिले सम्मको सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । सरकारले पर्सा वन्यजन्तु आरक्षलाई १२औं निकुञ्ज घोषणा गरेको थियो ।

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसिनको वर्गीकरणमा पनि पर्यटकीय दृष्टिकोणले निकुञ्ज दोस्रो र आरक्ष चौथौ श्रेणीमा छ । बारा, पर्सा र मकवानपुरको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा आरक्षमा विश्वमै दुर्लभ पाटे बाघ, एकसिंगे गैँडा, गौरी गाई, घोडा गधा मुख्य आकर्षण हुन् । मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चलको चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा निकुञ्ज फैलिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics