बोधसाल : बाढीपहिरो रोक्ने एउटा उपाय
के बाढीपहिरोबाट बच्न तथा रोकथामका लागि बोधसाल बिरुवा एक विकल्पको रूपमा हुनसक्छ ? हो, पक्कै पनि हुन सक्छ । हामीलाई थाहा छ, हाम्रो देश नेपाल बाढीपहिरोको उच्च जोखिममा छ । बाढीपहिरोको कारणले हुने जोखिमको हिसाबले नेपाल २० औ स्थानमा छ । गएको साता अविरल वर्षाका कारण आएको बाढीले खास गरी तराईक्षेत्रमा व्यापक धनजनको क्षति व्यहोर्नू पर्यो । तराईका सहर गाउबस्ति डुवानमा परि विपदको अवस्था आयो । नेपाल सरकार गृह मंत्रालयको भाद्र २ गतेको प्रेस विज्ञप्ति अनुसार १३५ जनाको मृत्यु, ३० जना वेपत्ता र ४१ जना घाइते भएका छन् । साथै प्रारम्भिक विवरण अनुसार ७९ हजार ८ सय १२ वटा घरमा पुर्णरुपमा क्षति पुगेको छ भने १ लाख ४ हजार ४ सय २५ घरमा आंशिक रूपमा क्षति भएको छ । भौतिक पूर्वाधार लगायत संरचनाहरुमा भएको क्षतिको विवरण सम्बन्धित मंत्रालयहरुबाट यकिन गर्ने कार्य जारी रहेको कुरा गृह मंत्रालयको प्रेस विज्ञप्तिमा उल्लेख भएको पाइन्छ ।
के यो घटना नयाँ हो त ? निसन्देह, होइन । प्रत्येक वर्ष दोहरीने प्राकृतिक प्रकोप हो यो । हाइड्रोमेटेरोजिकल प्रकोपको कारणले हरेक वर्ष नेपालमा मानिस, पशुचौपयाको ज्यान जाने लगायत अन्य महत्त्वपूर्ण संरचनाहरू क्षति हुने गर्दछ । हाइड्रोमेटेरोजिकल प्रकोपहरु बाढी, पहिरो, शितलहर, गर्मीको कारण लू लाग्ने, असिना पर्ने आदी हुन् । गृह मन्त्रालयको एक प्रतिवेदन अनुसार धेरै प्रकोपहरु मध्ये बाढी र पहिरो मुख्य प्रकोप हुन जसले गर्दा नेपालमा वार्षिक बढी धनजनको क्षति हुने गर्दछ । गृह मन्त्रालयको सन् २०१४ को तथ्याङ्क अनुसार नेपालमा बाढी र पहिरोको कारण प्रत्येक वर्ष सय भन्दा बढी मानिसको ज्यान जाने गर्दछ भने सन् २००२ मा मात्रै ४०० भन्दा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था आएको थियो ।
धेरै पानी परे पछि पानी भन्डारण हुने ठाउहरु जस्तै नदी, पोखरीहरु आदी भरिएर यखभचायिध भई बाढी आउने गर्दछ । कम समयमा धेरै पानी प¥यो भने विकराल विपत्तिजन्य बाढीको रूप लिने गर्दछ । बाढी आउन वर्षाले मुख्य भूमिका खेल्दछ । चालिसे र खनालले सन् २००० मा गरेको एक अध्ययनमा समेत नेपालमा प्राकृतिक प्रकोप हुनुको प्रमुख कारण अत्यधिक वर्षा हुनु नै उल्लेख गरेको पाइन्छ ।
बाढीबाट सिर्जित महाविपत्ति नहुनका लागि वर्षा हुने समय, स्थान, मात्रा, दिन र बाढी आउन सक्ने सङ्केत सम्बन्धित निकायले समयमै भविष्वाणी गरी जोखिम स्थानहरुमा पूर्व सूचना दिनु आवश्यक देखिन्छ । तर नेपालको भूबनोट, हावापानी विविधता, वैज्ञानिक साधन स्रोत, दक्ष प्राविधिक र नेपालको विद्यमान अवैज्ञानिक सूचना प्रणाली ले गर्दा सही यथार्त पूर्वसुचना दिनु कठिन छ भन्नु पक्कै गलत होइन ।
नेपालकोमा ७५ प्रतिशत भन्दा बढी वर्षा मनसुनको समयमा हुने गरेको छ । यो समयावधि जुनदेखि सेप्टेम्बर महिना सम्मको पर्छ । नेपालमा मनसुन सिजनमा पर्ने औषत वर्षा करिब १४२२.८ मि.मि. रहेको कुरा श्रेष्ठ (सन् २०००) को एक अध्ययनले पुष्टि गरेको पाइन्छ । भारतको जल तथा मौसम विभागको अनुसार २४ घण्टामा औषत २०४.६ मि.मि. भन्दा बढी वर्षा भएका त्यसलाई अत्यधिक वर्षाको रूपमा वर्गिकरण गरेको छ ।
हाम्रो देशमा विनाशकारी बाढीपहिरो आउनका धेरै कारणहरू छन् ती मध्ये तीन वटा प्रमुख कारणहरू यहाँ पङ्गतिकारले समेटेको छ । एउटा कारण हो, नेपालमा मनसुनको समयमा मात्र बढी पानी पर्ने, भिरालोपन भएको भूबनोट, अग्ला पहाड, कमलो चट्टानले बनेको भौगोलिक अवस्था, गहिरो र सांघुरो नदी प्रणाली जस्ता कारणले गर्दा नेपालका प्राकृतिक रूपमा पनि flash flood ले गर्दा भूक्षय तथा भूस्खलनको समस्या हुने र जसबाट बर्सेनि हजारौँ जनता विपत्तिमा पर्ने अनि जनधनको अपूरणीय क्षति भोग्नु पर्ने अवस्था छ ।
दोस्रो कारण हो, चुरे वनक्षेत्रको विनाश, खास गरी पहाडी क्षेत्रमा भइरहेको अव्यवस्थित बसोबास, भिरालो जमिनमा समेत जथाभावि गरिएका जग्गा प्लटिङ्ग, वातावरणिय अध्ययनविनै डोजरले खनिएका ग्रामीण सडक, वन विनाश, वन डढेलो, अव्यवस्थित चरिचरण प्रणाली, अवैज्ञानिक कृषिप्रणालि तथा एकीकृत भूउपयोग नीतिको अभाव ।
तेस्रो प्रमुख कारण हो जलवायु परिवर्तन । जलवायु परिवर्तनको नियमित निरन्तर चलिरहने प्राकृतिक प्रक्रिया हो । साथै यो मानव सिर्जित कारण पनि हो । मानिसले आफ्नो आवश्यक्ताको बहानामा वनजन्य प्राकृतिक स्रोतको अत्यधिक दोहन गरेको कारणले जलवायु परिवर्तन भइरहेका अध्ययनहरुले साबित गरिसकेका छन् । विश्वव्यापी तापमान वृद्धिले जलवायु परिवर्तनमा परेको असरबाट अत्यन्त बढी प्रभावित मुलुकको सुचीमा नेपाल चौथो स्थानमा परेको एक अध्ययनले देखाएको छ ।
भूमध्य क्षेत्रमा वर्षाको मात्रा घटेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाको मात्रा बढेको छ । यसले गर्दा ध्रवीय क्षेत्रका देशहरू बाढीको जोखिममा रहेका छन् । उच्च पहाडी क्षेत्रमा हिमतालहरु फुटने आदी कारणले गर्दा बाढी पहिरोको जोखिम बढाएको छ । जुन गम्भीर चिन्ताको विषय बनेको छ । त्यस्तै समयमा वर्षा नहुने त कहिले ढिलो वषाए सुरु भई छिट्टै सकिने, अतिवृष्टिका कारणले मानव जीवन कष्टकर बन्दै गएको नकार्न सकिन्न ।
तसर्थ, यस समस्याको निराकरणका लागि मानवबाट नै पहल हुनुपर्दछ । तीव्र रूपमा हुँदै यएको जलवायु परिवर्तनलाई कम गर्न तथा परिवर्तित जलवायुमा सहज ढङ्गले बाँच्न सक्ने वातावरण बनाउन मुख्यतः हाल वायुमण्डलमा रहेको हरितगृह ग्याँसको मात्रामा कमी ल्याउनु पर्छ भने जलवायु परिवर्तनले ल्याएका असरलाई कम गरी त्यसबाट जनजीवनमा आइपर्ने विपत्ति न्यून गरी जीवन पद्धतिलाई सहज बनाउनु नितान्त आवश्यक देखिन्छ । हरितगृह प्रभाव कम गर्न वायुमण्डलको तापक्रम वृदि गराउने पेट्रोलियम पदार्थ एवं कोइलाजन्य ऊर्जाको प्रयोगलाई कम गर्नुपर्छ । साथै वनको संरक्षण, सम्बद्र्धन गरी नाङ्गा जमिनमा वृक्षारोपण गरी वायुमण्डलमा कार्बाडाइअक्साइडको मात्रा कम गर्न तादारुक्ताका साथ सबै नागरिक लाग्नुपर्ने देखिन्छ ।
जलवायु परिवर्तनले गरिब मुलुक र गरिब जनताहरू बढी प्रभावित हुने कुरामा हामी दुईमत छैनौ । त्यसैले हामी गरिब मुलुकका गरिब जनताहरू यस सार्वजनिक महत्वको विषयमा एक्यबद्धता जनाई बाढी, पहिरो, भूक्षय नियन्त्रण एवं न्यूनिकरण गर्नका लागि तथा यसबाट उत्पन्न हुने विपत्तिवारे जनचेतना अभिवृद्धि गरी बृहत् वृक्षारोपण गर्न अझै जोड दिनु पर्ने देखिन्छ । हो अवश्य, गरिब जनताहरू वृक्षारोपण गरी जलवायु परिवर्तनका असर न्यून हुने कार्यमा त लाग्लान । तर गरिब जनाताको जनजीवीकाको सवाल छ । उनीहरूले गरेका वृक्षारोपणबाटै जिवीकोपार्जन गर्दै, आयआर्जन बढाउने तथा गरिवीन्यूनीकरण गर्ने विकल्प के त ?
विकल्प हो बोधसाल । बोधसाललाई पाउलोनिया, किरी, राजकुमारी र महारानी वृक्ष पनि भनिन्छ । यो थोरै लगानीमा धेरै आम्दानी लिन सक्ने संसारकै चाँडै हुर्कने रुख हो । यसको काठ संसार भरिनै उच्च गुगस्तरको रूपमा लोकप्रिय छ । बोधसाल जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्काउन गाह्रो नहुने, वायु प्रदूषण रोक्ने, भूक्षय रोक्ने, बाढीपहिरो रोक्ने, यसको पाबाट औषधि बन्ने, अत्यधिक मात्रामा कार्वन सोस्ने, तापको कुचालक, बृचबिखन गर्न कुनै पनि देशमा प्रतिबन्धित नभएको, साल, सिसौ जस्ता रुखको वैकल्पिक काठको रूपमा प्रयोग गर्न सकिने, छायादार, आकर्षक, सजावट योग्य, वातावरणमैत्री बहुउपयोगि रुख हो ।
यो एक वर्षमा १५ फिट सम्म बढेको पाइएको छ । १० वर्षमा ७०–१०० फिट सम्म हुर्किन्छ । एक वर्षमा सरदर ३५ क्यू.फिट उत्पादन हन्छ जसको बजार मूल्य आजको भाउमा कम्तीमा ५० हजार हन्छ । यस रुखबाट जम्मा ८ देखी १० लाख सम्म आम्दानी हुन्छ । यस हिसाबले एक बिग्हामा ७०० रुख लगाउन सकिन्छ र ५०० मात्रै बाँच्दा पनि २ करोड ५० लाखको आम्दानी हुन्छ ।
यति मात्र होइन, पाउलोनियाले अरू रुखको तुलनामा १० गुणा कार्बन खपत गर्छ र सोही मात्रामा अक्सिजन उत्सर्जन गर्छ । एउटा बयस्क पाउलोनियाको बोटले प्रति वर्ष २.१३ टन अक्सिजन उत्सर्जन गर्छ र सोही मात्रामा कार्वन खपत गर्छ । यसको एउटा बोटले एक दिनमा ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनिको फोहर र हानिकारक वायु शुद्धिकरण गर्छ । अरू काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको दाउरा बाल्दा फाइदा हुन्छ किनकि यसले Carbon mono oxide , Methane, Sulphur Oxide , Nitruous Oxide , Methane निकाल्दैन ।
बोधसाल रुखले पिपल भन्दा बढी Oxygen दिने हुनाले वातावरण स्वच्छ राख्न मद्दत गर्छ ।अन्तमा, बोधसाल विभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि तराई देखि मध्यपहाडी क्षेत्रमा वृक्षारोपण गर्न सकिने भएकोले नमुना वाली समेत सफल भएको र ८/१० वर्षमा काट्न तयार हुने यो रुखबाट दीर्घकालीन आयस्रोत भएको हुँदा गरिबी न्यूनीकरणमा समेत टेवा पुग्नुका साथै बाढीपहिरो तथा जलवायु परिवर्तनको असरसंग जुध्ने अचुक प्रजाति हो ।
वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री बिरुवाको सूचीमा १६६ वनस्पतिमध्येमा समेत बोधसालको नाम नरहेको यो प्रजाति अग्लो सुरिलो भई बढने, यसको जरा सिधै तल जाने भएकोले कृषियोग्य जग्गा, अनुत्पादक क्षेत्र, बाढीपहिरो जाने तथा खेती नगरी खाली रहेको जग्गामा कृषिवन प्रणालीको रूपमा यस बोधसाल सँगै अन्य वेसार, तरकारी, अनार, आँप, लिची आदी प्रजातिका बिरुवा रोपी जग्गाको अधिकतम सदुपयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस