जंगली जनावरको आक्रमणले प्रभावित भएकालाई राहत



डोटीमा जंगली जनावरको आक्रमणले घाइते भएका तथा पशुचौपायामा क्षति पुगेका चार जनालाई जिल्ला वन कार्यालय ले राहत वितरण गरेको छ।

वन्यजन्तुले क्षति पुर्‍याएको भन्दै पूर्वीचौकी गाउँपालिकाका डमरी कुमारी थापा र डमै चयडा, शिखर नगरपालिकाका कलावती पार्की र बोगटान गाउँपालिकाका ललुदेवी पाठकलाई राहत वितरण गरेको हो। तीन जना बाघ भालुको आक्रमणबाट घाइते भएका थिए। डमै चयडाका पशुचौपाया जंगली जनावरको आक्रमणबाट मरेका थिए। वन्यजन्तुप्रभावितलाई १५ हजार देखि ४५ हजार रुपैयाँसम्म राहत दिएको डोटी जिल्लाका जिल्ला वन अधिकृत बद्रिकुमार कार्कीले जानकारी दिए।

वन्यजन्तुको आक्रमणबाट घाइते भएमा बढीमा एक लाख रुपैयाँसम्मको उपचार सहयोग र मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकामा उल्लेख छ। संरक्षित सूचीमा रहेका वन्यन्तुका कारण कृषकको बालीनालीमा क्षति भए पनि राहत दिने व्यवस्था छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics