चार दिन नदीको पानी सेवन गर्न बाध्य



पलाँता गाउँपालिका ९ को चुलाकोट र लखनवाडा टोलका स्थानीयबासीले चार दिनदेखि नदीकै फोहोर पानी सेवन गर्न बाध्य भएका छन् ।

पछिल्लो चार दिनदेखि खानेपानीको धारामा पानी नआएपछि स्थानीयबासीले नदीको पानी सेवन गर्न बाध्य भएका हुन् । वडा नम्बर ९ का अध्यक्ष टक्कबहादुर बममा अनुसार करिब दुई किलोमिटर लामो भएको दाम्म्रीपुछर खानेपानी आयोजनाको धाराबाट पाउन आउन छाडेको छ ।

उनका अनुसार सिंचाईको लागि निर्माण भएको कुलो र खानेपानी आयोजनाको पाइप सँगै भएकाले धारामा पानी आउन छाडेको हो । बमका अनुसार पुरानो सिंचाईका लागि ल्याइएको कुलोबाट गाउँमै विद्यूत उत्पादन भइरहेको छ । अहिले कुलोको मर्मत गर्ने काम सुरु भएकाले धाराबाट पानी आउन नसकेको स्थानीय पार्वती बमले जानकारी दिइन् ।

नदीको पानी निक्कै फोहोर र गनहाउने भएकाले उमालेर मात्रै सेवन गर्दैआएको स्थानीयबासिन्दाको भनाई छ । नदीकै पानी सेवन गरेका कारण केही स्थानीयबासिन्दा ज्वरोबाट समेत थलिएका छन् । पानीजन्य रोगबाट जोगिन उमालेर मात्रै सेवन गर्न स्थानीय स्वास्थ्यकर्मी किस्मता बमले सल्लाह दिएको बताइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics