कस्तुरीको वीनासहित एकजना पक्राउ



गोप्य सूचनाको आधारमा बाराको जितपुर उपमहानगरपालिका १ गोबिन्द टोलबाट प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बीनासहित एकजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बिहीबार जितपुर उप महानगरपालिका १ गोबिन्द टोल बस्ने ५६ बर्षीय बलबहादुर विश्वकर्मालाई वन्यजन्तु कस्तुरीको पाँच सय ग्राम तौल भएको ११ थान वीनासहित पक्राउ गरिएको हो ।

विश्वकर्माले उक्त बीना बिक्री गर्न लैजाने क्रममा प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मामाथि थप कारवाहीको लागि नियन्त्रणमा लिएर जिल्ला बन कार्यालय सिमरामा बुझाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics