चट्याङ लागेर २२सेना घाइते



बैतडीमा चट्याङ लागेर २२ जना नेपाली सेना भएका छन्।

शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको जानकारी दिए।

बानियाँका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics