प्रदूषणबाट सगरमाथा बचाउनुपर्छ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायत उच्च हिमश्रृंखलामा वातावरणको असर देखापर्न थालेकोमा गुनासो व्यक्त गरेका छन् ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘पासाङ प्रतिष्ठा रजत दिवस’ का अवसरमा प्रधानमन्त्री ओलीले भने, ‘सगरमाथा कुनै कारणले पनि प्रदूषित हुनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले सगरमाथा सफा हुन महासागरको सरसफाइमा समेत ध्यान दिनुपर्ने बताए । ओलीले नेपालका हिमालको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको औंल्याए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics