दाताको खाना खाँदै पशुपतिका मृग

विश्व सम्पदा सूचिमा सुचिकृत धार्मिक स्थल पशुपतिनाथमा मृगहरुको संख्या बढेको छ । सुुरुमा यसको संख्या ३२ वटा थियो तर अहिले यसको संख्या बढेर १५२ वटा पुगेको छ । यसको संरक्षण र पालनपोषणका निम्ति विभिन्न संघ संस्थाको सहयोग र दाताहरुको ठूलो भूमिका रहेको छ ।

मृगहरुको लागि थप संरक्षण र यसको संख्या बढाउनको लागि पशुपति क्षेत्र बिकास कोषले एउटा छुट्टै मृग बाटिका (मृग स्थल ) निर्माण गरिएको छ । उक्त क्षेत्रमा मृगहरुको संख्या बढेमा यहाँ अझै बढि पर्यटकहरुको आगमनमा बृद्धि हुुने पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाले जानकारी दिए । यसलाई अझै अनुुकुल वातावरणमा राखेर यसको संख्यमा बृद्धि गराउने ढकाले  बताए ।

मृगहरुलाई खाना ब्यबस्थापनका लागि वार्षिक रुपमा टेन्डरद्वारा गरिन्छ । लगभग ३० देखि ३५ लाख सम्मा यसको खर्च लाग्ने गरेको छ । त्यहाँ रहेका मृगहरुको व्यबस्थापन गर्नका निम्ति ८ देखि १० जना कर्मचारीहरु खटाइएको छ  ।

यदि मृगहरुको संख्या बढ्दै गएमा वन्यजन्तु ऐन अनुसार राष्ट्रिय वन्यजन्तु संरक्षण विभागको अनुमति लिएर यसलाई  उचित ठाउमा लगेर व्यबस्थापन गर्नुपर्ने ढकालको सुझाव छ ।

बटुक राज गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics