नेपाललाई वन संरक्षणका लागि अमेरिकी सहयोग निरन्तर
- नेचर खबर
वन तथा वातावरण संरक्षणको काममा अमेरिकी सहयोग निरन्तर हुने नवनियुक्त अमेरिकी राजदूत र्याण्डी बेरीले बताए ।
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्याण्डी बेरीले र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सोमबार शिष्टाचार भेटमा नेपालको संरक्षणको काममा अमेरिकी सहयोग निरन्तर हुने बताएका हुन ।
सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री बस्नेत र अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै जलवायु परिवर्तन तथा विकास र जैविक विविधता संरक्षणका विषयमा छलफल भएको छ ।
अमेरिकी सहयोगमा नेपालमा सञ्चालित हरियो वन, पानीको स्रोत व्यवस्थापन र वातावरणीय प्रदूषण नियन्त्रणजस्ता कार्यक्रमलाई निरन्तरता दिनेबारे समझदारी कायम भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
त्यस क्रममा मन्त्री बस्नेतले नेपालको ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको उल्लेख गर्दै आफ्नो मन्त्रालयले वन क्षेत्रको बहुआयामिक उपयोगमार्फत रोजगारीको सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिने खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेको मन्त्री बस्नेतले बताए । त्यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र र समुदायको प्रत्यक्ष सहभागितामा आधारित हुने मन्त्री बस्नेतले स्पष्ट पारे ।
‘हामीले वन क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने, जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिने कार्यक्रम अघि सारेका छौँ’, उनेले भने । यसअघि विकास आयोजना निर्माण गर्दा आयोजना पक्षले जमिनको साटो जमिन किनेर सरकारलाई उपलब्ध गराउने व्यवस्था झण्झटिलो भएकाले त्यसलाई सरलीकरण गर्न सिधै जमिनको मूल्याङकन गरी राष्ट्रिय कोषमा जम्मा गर्ने व्यवस्था छिट्टै मिलाउन लागिएको छ।
त्यसरी प्राप्त हुने नगद वृक्षारोपणका साथै वन संरक्षणका क्षेत्रमा खर्च गर्ने योजना रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘एकथरि मानिसले वातावरण मात्र र अर्काथरिले विकास मात्रको कुरा गर्छन् । हामी विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्ने पक्षमा छौँ ।’
राजदूत बेरीले नेपालमा बाघको संख्या दोब्बर पारेको र एक सिंगे गैँडाको चोरी किशारी शून्यमा झारेकामा नेपालको प्रशंसा गरिन । उनले प्राकृतिक साधन श्रोत र वातावरण र विकासबीच संरक्षण र उपयोग सन्तुलनकारी बाटो अबलम्बन गर्न सुझाव दिएका छन् । ।
प्रतिक्रिया दिनुहोस