हात्तीले २ जनाको ज्यान लियो



जंगली हात्तीको आक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट माडी नगरपालिका बस्ने ३५ वर्षीया शुसिला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको घाँस काट्न जाने क्रममा मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुसिला भण्डारीको घटना स्थलमै मृत्यु भएको हो भने तृष्णाकालीको रिउ खोला नजिक शव फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडी क्षेत्र हात्ती, गैडा, बाघ जस्ता जंगली जनावरले निकै दुख दिने गरेको स्थानीयको भनाई छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics