बाघको छालासहित पक्राउ


काठमाण्डौंमा पाटे बाघको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नयाँबसपार्कस्थित आकासे पुल नजिकबाट पाटे बाघको छाला १ थानसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारी र काठमाडौं जोरपाटी बस्ने दोलखा झ्याकु गौरीशंकर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ रहेका छन् ।

प्रहरी टोलीले अधिकारीको झोलाबाट उक्त छाला बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics