चितवनमा बाघको उद्धार , चिडियाखाना ल्याइँदै

चितवनमा मानिसको निजी जङ्गलमा पसेको पोथी बाघलाई उद्धार गरिएको छ । भरतपुर महानगरपालिका २५, बयरघारीबाट दुई दिनको प्रयासमा उक्त बाघलाई उद्धार गरिएको हो ।

साढे दुई वर्षको हाराहरिमा रहेको पोथी बाघ आमासँग छुटेर आफ्नो स्थान खोजीमा यो क्षेत्रमा आएको हुन सक्ने चितवन राष्ट्रिय निकुञ्नको सूचना अधिकारी गोपाल धिमिरेले जानकारी दिए । धिमिरेले भने, ‘आफ्नो क्षेत्र पहिचान गर्ने समस्या हुन सक्ने भएकोले हामीले काठमाडौँको सदर चिडियाखानामा पठाएका छौँ ।’

बाघले वस्तु आक्रमण गरेर समुदायलाई नै त्रसित पादै आएको थियो । मान्छे पनि आक्रमण गर्ने खतरको स्थानीयले उद्धारको लागि चितवन राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ,जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौंला र चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डे नेतृत्वमा बाघ उद्धार गरेर बाघलाई  वन्यजन्तु एम्बुलेन्समा हालेर काठमाडौंको चिडियाखाना ल्याइँदै छ ।

स्थानीयका अनुसार बाघले बाछो र पाठो  खाइदिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष , चितवन राष्ट्रिय निकुञ्ज, आर्मी र स्थानीयको सहयोग उक्त बाघलाई उद्धार गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics