चरा संरक्षणमा सक्रिय दुई स्थानीय संस्था पुरस्कृत

नेपाल पन्छी संरक्षण संघले ३६ औ वार्षिक साधारण सभाको अवसरमा चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई स्थानीय संस्थालाई पुरस्कृत गरेको छ ।

नेपाल पन्छी संरक्षण सङ्घले चन्द्र सूर्य युवा क्लब, बारेकोट, जाजरकोट र नेचरगाइड एसोसिएसन शिवपुरी नार्गाजुन, काठमाडौँलाई जनही रु. एक लाख सहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेको हो ।

त्यसैगरी, लोपोन्मुख गिद्धको अध्ययन अनुसन्धानका लागि दुई विद्यार्थी शर्मिला शिग्देल र भरत प्रसाद चौलागाई जनही ३० हजार र प्रमाणपत्र सहित जटायु छात्रवृति प्रदान गरेको छ ।

चरा तथा वातावरण संरक्षणमा योगदान पुराएका क्रिएटीभ एकेडेमीका विद्यार्थी एस महर्जन, क्रिएटीभ बर्ड वाचिङ्ग क्लबका अध्यक्ष र चुंग्बा शेर्पा, उमङ्ग जङ्ग थापा र वसन्त राज मिश्रालाई नेपाल पन्छी संरक्षणमा सङ्घको संरक्षक सदस्यको रूपमा सम्मानित गरिएको थियो । उक्त समारोहमा नेपाल पन्छी संरक्षण सङ्घका संरक्षक सदस्य चुंग्बा शेर्पाले चरा तथा जैविक विविधताको सअध्ययन अनुसन्धानको लागि सन् २०१९ मा दुई जना विद्यार्थी अनुसन्धता लाई जनही रु. ५० हजारका दरले सहयोग गर्ने घोषणा गरे ।

नेपाल पन्छी संरक्षण संघले विगत १८ वर्ष देखी निरन्तररुपमा गरिएको रहेको गिद्धको गणनाबाट प्राप्त प्रतिफलका साथै कर्याङ कुरुङ सारसको विगत तिन वर्षको बसाईसराई अनुगमन र काठमाडौँ उपत्यकामा मानव बस्ती वरपर पाइने चराहरूको विगत चार वर्षको अनुगमन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

गुल्मीको मदाने संरक्षित वनमा संस्थाले चरा तथा जैविक विविधता संरक्षणका साथसाथै स्थानिएको जीविकोपार्जनमा गरिरहेको कार्यहरूको बारेमा   छलफल गरिएको थियो  ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics