चितवनमा पाँच छावाको जन्म

चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्षमा पाँचवटा छावाको जन्म भएको छ । १२ वर्षीया लोकतन्त्रकलीले बिहीबार बिहान ४ः१५ जन्म सहित यो वर्ष पाँचवटा छावाको जन्म भएको हो ।लोकतन्त्रकलीको यो पहिलो छावा हो ।

चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले यो वर्षको अन्तिम छावाको जन्म भएको जानकारी दिए । उनले भने, ‘ एकै वर्षमा पाँचवटा छावा जन्म  हुनु चितवन राष्ट्रिय निकुञ्जको लागि ठुलो उपलब्धि हो। अझै चारवटा हात्ती गर्भवती रहेका छन् उनीहरूले अर्का वर्ष  मात्र  छावा जन्माउने छन् ।’

यो वर्ष चार वटा भाले छावा र एउटा पोथी छावाको जन्म भएको छ ।सबैभन्दा पहिला पुजाकलीबाट असोज २६ गते छेटौं छावाको जन्म भएको थियो । त्यस्तै गणेशकलीबाट कार्तिक १६ गते पाँचौँ छावाको जन्म भएको थियो । मङ्सिर ३ गते तमोरकलीबाट पहिलो बच्चा भाले छावाको जन्म भएको थियो ।

भर्खरै जन्म भएको छावाले दुधमात्र खुवाईन्छ । निकुञ्जका अनुसार तीन महिना पछि भने छावाहरूलाई अलि अलि खिर पनि खुवाउने गरिन्छ । हात्तीले ६ महिना पछि बिस्तारै घाँस टिप्न सुरु गर्छ ।

हात्ती प्रजनन तथा तालिम केन्द्रको स्थापना पछि ५० छावाको जन्म भएको छ। जसमध्ये ४ वटाको मृत्यु भएको छ भने हाल ४६वटा सकुशल रहेका छन् । हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मेका छावाहरू मध्ये कोशि, पर्सा, शुक्लामा समेत पठाइएको छ ।हात्ती प्रजनन केन्द्र २०४२ सालमा स्थापना गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics