इनारमा खसेर एक जनाको मृत्यु


काठमाडौंको चन्द्रागिरि नगरपालिका-१४, आदर्शनगर टोलमा नयाँ बन्दै गरेको इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।

ढुंगेअड्डामा निर्माणाधीन घर नजिकै रहेको इनारमा खस्दा उदयपुरको कपाली-३ घर भइ चन्द्रागिरी १४ बस्दै आएका २१ वर्षीय समरबहादुर तामाङको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार इनारमा छोपेर राखिएको प्लाई निकाल्ने क्रममा उनी इरानभित्र खसेका थिए । र, घटनास्थलमै मृत्यु भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics