स्वच्छ वातावरण महाअभियानमा प्रियंका र आयुषमान
- नेचर खबर
वन तथा वातावरण मन्त्रालयले स्वच्छ वातावरण महाअभियानको लागी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई अभियानकर्मीका रूपमा नियुक्त गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी दूतमा नियुक्त गरेको हो।
देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो।
केही साताअघि मात्र सामाजिक काममा योगदान पु¥याउने उद्देश्यका साथ आयंका फाउन्डेशन दर्ता गरेका उनीहरूले उक्त महाअभियानको अभियानकर्मीको रूपमा आफूलाई पाउँदा खुसी लागेको बताएका छन्।
उनीहरूले सामूहिक प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामीले पाएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने वाचा गर्छौ।’
प्रतिक्रिया दिनुहोस