बागमतीको बाढी काठमाडौँमा पस्ने खतरा
- नेचर खबर
लगतार वर्षाका कारण बागमती लगायत अधिकांश नदीमा पानीको बहाव सतर्कता भन्दा माथि बाढी पुगेको छ।
बागमती ,कोसी, कमला र कन्काई नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाढीविज्ञ विनोद पराजुलीले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च साबधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिए ।
उनले काठमाडौँ उपत्यकामा पनि बागमती नदी आसपास क्षेत्रका बासिन्दाले साबधानी अपनाउन आवश्यक रहेको बताए ।
प्रदेश १, २ र ३ का चुरेबाट बग्ने प्राय सबै नदीमा पानीको बहाव खतराको बिन्दुमा पुगेको पराजुलीले बताए ।
पानी पर्न नरोकिए काठमाडौँमा पनि बागमतीको पानी बस्तीमा पस्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस