आजबाट मौसममा सुधार हुने



बदली र वर्षा रोकिएसँगै बिहिबारबाट मौसममा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय प्रणालीले देशका विभिन्न भागमा बदली र वर्षाको प्राभव भएको थियो ।

केही दिनअघि भित्रएको न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसम सुधार हुने मौसमविदले जनाएका छन् ।

राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics