त्रिशूली नदीबाट ७५ मेगावाट विद्युत् निकालिने
- नेचर खबर
नुवाकोटको रातामाटेबाट सुरुङ निर्माण गरी धादिङको कल्लेरीमा त्रिशूली नदीबाट ७५ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजीस्तरको सिद्धकाली पावर लिमिटेडले लगानी जुटाई निर्माण गर्न लागेको आजको कान्तिपुरमा खबर प्रकाशित भएको छ ।
आयोजनाको ८ किलोमिटर लम्बाइ र ८ मिटर चौडाइको सुरुङ निर्माण हुनेछ। आयोजनाका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले राजधानीदेखि नजिकै रहेको यसले राजधानीलाई लोडसेडिङ मुक्त गराउने, धादिङ र नुवाकोटका राजमार्गका टावरहरूलाई औद्योगिक क्षेत्रका रूपमा स्थापना गराउन मद्दत पुग्ने बताए ।
यसअघि, चारवटा आयोजना निर्माण गरी १५ मेगावाट नेसनल ग्रिडसम्म जोडिसकेको यस लिमिटेडले आयोजनाको विस्तृत अध्ययन भारतको बेंगलुरस्थित डिजाइन ग्रुप प्रोजेक्ट कन्सल्टेन्टबाट गराएको थियो । आयोजनाले सरकारसँग विद्युत् खरिद बिक्री सम्झौतालगत्तै निर्माण कार्य आरम्भ गर्ने जानकारी दिएको छ । करिब १५ अर्ब रकम लागत अनुमान गरिएको यस आयोजना ४ वर्षमा सम्पन्न हुने लिमिटेडकी कार्यकारी निर्देशक पूजा दाहाल न्यौपानेले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस